मुना-मदन

मदन भोट जाने बेलामा मुना- नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई, ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए, के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा ! विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजि धड्कन्छ पलामा, यो छाती मेरो चिरेर खोली नजर गराए, त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए ! आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, प्यारा ! आँसुले बोल्दैन ! ...

जुलाई 26, 2026 · 30 min · 6360 words · महाकवि लक्ष्मीप्रसाद देवकोटा