नोकरी
नोकरी आइतवार, हप्ताको पहिलो दिन, शिव खड्का पन्ध्र दिनपछि आज अफिस जाँदै छ । कामको ज्यादै बोझले गर्दा तनाउ बढ्न गएकाले उसलाई गौरीले बलजफत गरेर नै छुट्टी लिनलगाएकी थिई तर स्वभावले लाचार शिवले कुनै दिन पनि अफिसका कामकाजहरूलाई बिर्सन सकेन । आज उसले झन् ज्यादा ती कामहरू सम्झदैछ र कुनलाई प्राथमिकता दिएर सिध्याउनु पर्ला भनेर ती थन्किएका संभावित कामहरूलाई केलाउन थाल्दै छ मनमनै । छान्दाछान्दै सबै उत्तिकै जरुरी भइसकेका पाएर त्यति लामो छुट्टी लिन कर लगाउने गौरीसँग पनि बिछुट्टै झोकिन्छ र अठोट गर्दछ राति अबेरसम्म बसेर भए पनि दुई चार दिनमा सबै काम समाप्त पारेर नै छोड्छ । त्यस बेला पनि किन अबेर आउनु भयो ? भन्न लागी भने अनि मैले जवाफ दिन जानेको छु भनेर मनैभित्र गौरीप्रति उठेका रिसलाई थिचारेर सन्तुष्टि लिन्छ । उसका अफिसको व्यवस्था भिन्दै प्रकारको भएकोले पनि उसलाई धेरै चिन्ता लागेको हो । त्यहाँ जो जसले छुट्टी लिए पनि कार्यालयमा फर्केपछि थुप्रिएका कामहरू आफैँले सिध्याउनु पर्छ । त्यसमाथि पनि सबैको विश्वासी सबैले रुचाएकाले माथिका हाकिमदेखि मुनिका सहयोगीहरूले समेत काम उसलाई पन्छाउने भएकाले उसका टेबुलमा फाइलहरूको थुप्रो कहिल्यै छुट्तैन थियो । उसको स्वभाव पनि त्यस्तै छ, कसैलाई “नाइँ, सक्तिनँ” भन्न नसक्ने । उसलाई कुनै मित्रले किन यसरी सबैको काम जिम्मा लिन खोज्छौ, काम बिग्रे दोष तिमीलाई आउँछ, राम्रो भए जसजति अरुमा जान्छ, भन्दा ऊ भन्ने गर्थ्यो, “काम गर्नु भनेको यस्तो कुरा हो, यसले नै हामीलाई अनुभवी बनाउँछ र अनुभवी हुनु सफल हुनु पनि हो । त्यसैले जस उनैले लिए पनि अनुभव मेरो त खोस्न सक्तैनन् । मसँग तिनीहरू जसले काम पन्छाउने गरेका छन् ती अनुगृहीत त हुन्छन् ।” यसरी आफ्नो उपस्थिति अफिसका लागि जरुरी बनाएर बसेका व्यक्तिलाई जब गौरीले एक दिन भनी, “कसैको पनि कतै खाँचो धेरै दिन टिक्न सक्तैन । परिस्थितिले त्यसलाई मिलाउँदै गएको हुन्छ । तपाईं मात्र एक यस्तो हुनुहुन्छ जसले आफू नभएमा सबै डुब्छ भनेजस्तो गरी छोप्तै हिंड्नुहुन्छ । यो सोचाइ तपाईंको भ्रम मात्र हो, अफिसको आवश्यकता होइन”, भन्दा ऊ कति रिसाएको थियो भने त्यस दिन ऊ घरमा खाना खान पनि आएन र कसैसंग बोल्दा पनि बोलेन । त्यस बेलादेखि गौरीले उसलाई जुन बेला अफिसबाट घर फर्के पनि केही भन्दिनथीई । सोच्थी, “उसलाई अफिसका बारेमा केही भन्नु व्यर्थ छ ।” मस्तिष्कमा विभिन्न कुरा खेलाउँदै शिव ठीक समयमा अफिस पुग्छ । उसलाई कामको चिन्ता लागे पनि अफिसका प्राङ्गणमा पुगेपछि खुसी लाग्छ । दश बज्ने बेला भएकाले कर्मचारीहरू चारैतिर छरिएका देखिन्छन् । कोही हस्याङ फस्याङ गर्दै आफ्नो कार्य कक्षतर्फ लाग्दै छन् भने कोही सूचना पाटीमा टाँसेको खबर पढ्न झुम्मिँदै छन् । पदोन्नतिको योग्यताक्रमको सूची निकाल्ने कुरा चलेको ऊ सम्झन्छ र अड्कल पनि गर्छ, सके त्यो त्यही नै होला । उसलाई त्यहाँ त्यसरी थुप्रिएर त्यो खबर पढ्न जिज्ञासु भएकाहरूलाई देख्दा भित्रभित्रै हाँस उठ्छ र एक व्यक्तिसँग सोध्छ पनि, “ककसको नाम निस्किएछ ? तपाईंको छ कि छैन ?” त्यस व्यक्तिले उसका प्रश्नलाई अनसुनी गर्दै यसै पन्छिन्छ । त्यस व्यक्तिका त्यस व्यवहारले उसको मन खल्लो हुन्छ र आफैँ त्यहाँ गएर हेर्न तम्सिन्छ । यत्तिकैमा अर्को एकले उसलाई देखाउँदै, “ऊ माडसाहेव पनि आइपुग्नुभएछ,” भनेको सुन्छ । शिवले पुलुक्क उसको अनुहार हेर्दा खिसिक्क परेको देखेर उससँग केही सोध्दैन । सम्झन्छ, सायद उसको नाम त्यस सूचिमा परेनछ क्यारे ? यस्तो पनि कसरी हुनसक्छ ? उसको नाम त आउनै पर्ने थियो ज्ञ काम पनि राम्रो गर्ने हो, नोकरीका वर्षले पनि पुरानो कर्मचारी नै हो, फेरि के भएछ ?” शिवलाई त्यो सूचना पढ्न अरु उत्साही गराउँछ र ऊ अगाडि सर्छ । हाकिम नै त्यहाँ आएको देखेर अरु कर्मचारीहरूले उसलाई बाटो छोडिदिन्छन् र ऊ त्यो पढ्न थाल्छ । सूचनाको व्यहोरा पढ्दैमा ऊ सननन्न हुन्छ र त्यहाँ उल्लिखित नामहरू ध्यान दिएर पढ्न थाल्छ । अन्त्यमा आफ्नै नाम पढेपछि ऊ खङ्ग्रङ्गै हुन्छ । विश्वास लाग्दैन र दोहोर्याएर पढ्छ “त्यहाँ प्रष्टसँग अङ्कित थियो शिव खड्काको नाम ।” ऊ लाजले त्यहाँ भेला भएका कसैको पनि अनुहार हेर्न सक्तैन र त्यहाँबाट फुत्केर कार्यालय बाहिर निस्कन्छ । मनमा प्रश्न प्रतिप्रश्नको आँधी चल्न थाल्छ र सोच्छ, “एक फेर ती हाकिमहरूसँग भेटेर सोध्नै पर्छ, “मेरो निष्काशन गरिनाको कारण के हो ? कुन आधार अपनाउनु भयो ? के यही हो तपाईंहरूको विश्वासी भएर काम गरेबापत मैले पाएको इनाम ? यस्तै हो भने यहाँ न्याय जीवित रहन सक्तैन ?” ऊ त्यसरी ठिङ्ग उभिएर सोचिरहेकै बेलामा अर्को ऊजस्तै पीडित आइपुग्छ । दुवैले खिस्स हाँसेर आआफ्ना वेदना पोख्छन् र शिवले सोध्छ, “के हो यस्तो ? कुनै तुक पाउन सक्नुभयो ?” उसले पनि खिन्न हुँदै जवाफ दिन्छ, “भन्छन्, पजनी हुँदा यस्तै हुन्छ रे ? अहिले मात्र होइन, २०१५ सालमा पनि यस्तै भएको थियो रे ? जुनसुकै व्यवस्थामा पनि मार खाने हामी जागिरे नै हुन्छौं । राणाशासनदेखि आजसम्म पनि यो प्रथा जान नसकेकाले डर लाग्छ, कहीं यो हाम्रो परम्परा नै बन्न नजाओस् । यस्तै हो भने हामी बलियो कहिले हुने खै ? झन् यो त प्रशासन व्यवस्था नै परिवर्तन भएका बेलामा भएको छ । कसले विचार गर्ने, दोषी कोहो भनेर, व्यवस्था कि कर्मचारी ?” यति भनेर ऊ एक छिन चुप लाग्छ र चारैतिर हेर्दै असजिलो मानेर भन्छ, “हिंड्नोस् जाऔं । के उभिएर ढोकाबाहिर बसिरहने ? यो एउटा मात्र ठाउँ छ र जागिर खानलाई ? आफ्नो इलम छ भने जहाँ पनि यत्तिको नोकरी पाउन सकिन्छ ।” यसो भन्दै त्यस साथीले शिवलाई लिएर अफिसका प्राङ्गणबाट नै टाढा हुन चाहे पनि ऊ भन्न छोड्दैन “होइन, एकफेर त्यस मुख्य हाकिमसँग यसरी अकस्मात् निष्काशित गराउनाको कारण नसोधेर कसरी जाने ? यो त हामीले बुझ्नै पर्छ । हिंड्नोस् बरु हामी दुवै जाऔं र सोधौं । कुनै अर्थ त जरुर होला नि ?” शिवको प्रस्ताव सुनेर त्यो साथी दिक्क हुन्छ र भन्छ, “त्यसो भए तपाईं नै अनर्थमा अर्थ खोजेर बस्नोस् र अर्को अनर्थ भोग्नोस् , म त हिडें” भन्दै फतफताउँदै आफ्नो बाटो लाग्छ । शिवलाई साथीका कुराले कुनै असर पार्दैन र ऊ भेट गर्ने निश्चय गर्दै फेरि अफिसतर्फ फर्कन्छ । हाकिम साहब निकै व्यस्त भैकाले केही बेर कुरेपछि मात्र भेट पाउँछ । वादविवाद निकै हुन्छ । चर्को स्वर दुवैको सुनिन्छ । केही बेरसम्म भनाभन भएपछि शिव खड्का हाकिमका कक्षबाट निस्केर यताउति कतै नहेरी सरासर घरतर्फ लाग्छ । नोकरी गएको सङ्कोचले भन्दा हाकिमसँगका कुराकानीले ऊ आक्रोशित भई विचलित हुनगएको छ । उसलाई लागिरहेछ कहाँ गएर के विध्वंस पारी तिनका गालीको प्रत्युत्तर दिऔं । यस्तो भरङ्ग मनस्थिति लिएर घरमा पुग्दा त्यहाँ उसलाई सान्त्वना दिने कोही पाउँदैन । त्यस रित्ता घरले झन् मनलाई चिढाउँछ । गौरी पनि नोकरी गर्थी र ऊ पनि आजै पन्ध्र दिनको बिदापछि अफिस गएकी छे । शिव कोठामा पस्नासाथ लुगै नफुकालेर बिछ्याउनमा आफूलाई हुत्याउँछ र हात पछाडि लगी शिर अड्याउँदै रित्तो भित्तालाई एकनाससँग हेर्दै मनलाई एकत्रित पार्न खोज्छ तर, कसरी शान्त हुनसक्छ त्यो मन ? ...
मुना-मदन
मदन भोट जाने बेलामा मुना- नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई, ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए, के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा ! विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजि धड्कन्छ पलामा, यो छाती मेरो चिरेर खोली नजर गराए, त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए ! आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, प्यारा ! आँसुले बोल्दैन ! ...
नरेन्द्र दाइ
बितेका दिनहरू मेरो पिठ्यूँतिर धमाधम खस्दै नाना किसिमका विभिन्न आकारका-साना-ठूला गहिरा या भर्खरै बन्न लागेका- गुफाहरू रच्दै थप्प-धप्प बसेका छन् । यसो फर्केर हेर्दा म देख्छु- टाढा, यवनिकामा चित्रित भएझै पछिल्तिरका अरू तमाम दृश्यलाई पूर्णरूपले ढाक्दै एउटा कालो-नीलो पर्वतशृङ्गला दृढतापूर्वक उभ्भिएको छ र मतिर फर्केर त्यसको छातीमा कुनै पनि ठाउँ वाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नि कैलेदेखि हो गुफैगुफा खनेर राखिछाडेका छन् । मेरा दिनहरूको काम गुफा बनाउनु हो । कहिलेकाहीँ एक्लै भएका बखत वर्तमानबाट आफूलाई फुत्काई म पछि फर्केर हिँड्न थाल्दछु, मेरा गोडा अनायास नै अतीतका कुनै गुफाभित्र प्रवेश गर्छन् । कुनै-कुनै गुफा त यति अन्धकारमय हुन्छ कि म त्यहाँको कुनै वस्तु पनि प्राप्त गर्न नसकेर बाहिर निस्किन्छु । कुनै-कुनैमा भने अत्यन्त मधुरो प्रकाश रहन्छ; त्यहाँभित्रको दृश्य पनि मेरा लागि अस्पष्ट नै रहन्छन् । तर, कुनै गुफाचाहिँ जतिसुकै गहिरो भए पनि, तल पुगेपछि, कुन्नि कुन स्मृति-लोकबाट फुटेर आएको प्रकाश-किरणले उद्भासित भएका हुन्छन् कि त्यहाँ पुगेपछि मेरा आँखाबाट विस्मृतिको पर्दा पन्छिन्छ र म पुरानो युगको रस-रङ्ग-ध्वनिको लोकमा पुग्छु । मानौँ, जीआमाहरूले भन्ने गरेका सुनकेसी राजकुमारीहरूका कथामा निवास गर्ने र बालकहरूका थाकेका आँखामा हलुकोसँग निद्राको शीतल मलम लाइदिने मायालु परीको कुनै अलौकिक छलबाट मेरो उमेर मबाट फत्फत् झर्न थाल्दछ, शरीरबाट लुगा झरेजस्तो । म एउटा बालक हुन्छु र एकपल्ट बिताइसकेका दिनहरूलाई उही पुरानै किसिमबाट फेरिदेखि बिताउन थाल्छु । अनि म डाक्छु- “ए सान्नानी, ए फगुनी, ए नरेन्द्रदाइ……!!” ...
मोदिआइन
धेरै पहिलेको कुरा; म बालक थिएँ । बालककालका कुराहरू धेरै त त्यसै बिर्सिएर जाइन्छन्, तर केही एकदम स्पष्ट भएर स्मृतिमा अडेर बसेका हुन्छन् र केही धमिलिएर देखा पर्छन्, तिनलाई ठम्याउन आफ्नो कल्पनाको पनि मद्दत लिनुपर्छ । जस्तो कि टाढा उभिएको मानिसको अनुहार स्पष्टसँग नदेखिएतापनि त्यसको कद, पहिरन, त्यसको उभिँदाको भङ्गिमा र जुन घरको बारीमा उभिएर त्यो त्यहाँ काम गर्ने ज्यामीहरूलाई हेरिरहेको छ, ती सबै कुरालाई जोरेर हामी त्यो उभिएको मानिसलाई ठम्याउँछौँ- त्यो त हाम्रो परमपरिचित फलानो हो । ...
दोषी चश्मा
दोषी चश्मा केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि तिनी अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन । तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैँझैँ चाकरीमा गएका थिए, तर साढे चार बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइहरूसँग छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रङ्गमगिइरहेका थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरू दिन भएको भए जर्साबकहाँ चाकरी नपाउँदा तिनी कति दुःखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैंसी हो कि, कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन । त्यसै बखतमा पछिल्तिरबाट ‘भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देब्रे हातको मुठी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हुर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हत्पताउँदै स्वस्ति गरे । चश्माले यहाँ पनि धोका दियो । “चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखि आँखा जँचाई नयाँ चश्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन । ...